काठमाण्डाै – नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ५५ हजार एक सय १४ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ६ जना कोरोनामुक्त भएका छन् । गएको २४ घण्टामा १० हजार ४ सय २३ नमूना परीक्षणमा एक हजार ६ सय ७६ पुरुष र एक हजार ७७ महिला गरी दुई हजार ७ सय ५३ सङ्क्रमित थपिएका छन् । याेसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा ८ सय ८७ पुरुष र ६ सय २५ महिलासहित एक हजार ५ सय १२ सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा ४ सय ९४, प्रदेश २ मा ७७, वाग्मती प्रदेशमा एक हजार ६ सय ९९, गण्डकीमा १ सय ३७, लुम्बिनीमा २ सय १८, कर्णालीमा २५ र सुदूरपश्चिममा एक सय तीन सङ्क्रमित थपिएका छन् । याेसँगै नेपालमा ३५ हजार ४ सय ३५ सक्रिय सङ्क्रमित छन् । तीमध्ये तीनसय ६५ को आईसीयू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा १७ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ८७ पुगेको छ । झापा, मोरङ, सुनसरी, काठमाण्डाै, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ र रुपन्देहीमा पाँचसय बढी सक्रिय सङ्क्रमित छन् । मनाङ र बाजुरामा सक्रिय सङ्क्रमित छैनन् ।
नेपालमा ८१ प्रतिशत कोरोनामुक्त
रासससंवाददाताशनिबार, २१ कात्तिक २०७७

नेपालमा ८१ प्रतिशत कोरोनामुक्त
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



