अर्थ संसार, काठमाडौं – साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनकाे मूल्यले बढेको छ ।

बिहिबार प्रतितोला प्रतिताेला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेर प्रतिताेला ९५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ५ सय रुपैयाँले नै बढेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आज चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी प्रतिताेला एक हजार २ सय २० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।