उर्लाबारी । उर्लाबारी नगरपालिकाको भएको कोभिड क्राईसेस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले कोरोना संक्रमणलाई रोकथामका लागि देउसी भैलो सहित सामुहिक पूजा पाठ गर्नलाई रोक लगाउने निर्णय गरेको छ ।

नगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दैनिक बृद्धि हुन थालेपछि तिहारमा हुन सक्ने भिड्भाडलाई लक्षितगरी उक्त निर्णय गरेको हो । बैठकले देउसी भैलो, सामुहीक पूजा पाठ सहितका भेला हुनलाई कडाई गर्ने र सार्वजनिक स्थलमा हिड्डुल गर्दा,सर्वसाधारण सहित व्यापारी र उपभोक्ताले माक्स, सेनिटाईजर अनिवार्य प्रयोग गर्ने र अनुगमनका क्रममा नियम पालना गरेको नपाईएमा कानुन अनुसार कार्यवाही गर्ने निर्णय समेत गरेको नगर प्रमुख खड्ग फागोले बताएका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी कोरोनाको पिसीआर परिक्षणमा पोजेटिभ आएर पनि सार्वजनिक स्थलमा हिड्डुल गर्नेलाई पक्राउ गरी आईसोलेशन सेन्टर पठाउने सहितका निर्णय गरी संक्रमणलाई थप फैलिन नदिने निर्णय भएको नगर प्रमुख फागोले बताउँदै हाल सम्म नगरमा १ हजार १० जनाको पिसीआर परिक्षण गरीएकोमा १ सय ६४ जनामा पिसीआर पोजेटिभ रिर्पोट आएको ८७ जना उपचार भएका, ६८ जनाको होम आईसोलेशन र १ जनाको कोभिड अस्पतालमा उपचार भईरहेको तथा ८ जनाको निधन भएको जनाएका छन ।