तमिल सुपरस्टार तथा रजनीकान्तका ज्वाईं धनुषको अर्को एउटा गीतले नयाँ रेकर्ड कायम गरेका ेछ । उनको फिल्म मारी टुको राउडी बेबी गीतले युट्यबमा १ बिलियन अर्थात् १ अर्ब बढी भ्यूजको रेकर्ड बनाएको छ । यो फिल्म सन् २०१८ मा रिलिज भएको थियो । फिल्ममा धनुष र कृष्णाले मुख्य भुमिका निभाएका छन् ।

धनुषले यसबारे जानकारी दिँदै ट्वीटरमा लेखेका छन्, ‘कति मिठो संयोग । कोलबेरी डीको नवौं वर्षगाँठमा राउडी बेबी गीतले एक बिलियन भ्यूको सीमा पार गरेको छ । एक बिलियन भ्यू हासिल गर्ने यो पहिलो दक्षिण भारतीय गीत हो भनेर जानकारी दिन पाउँदा हामी निकै सम्मानित महसुस गरिरहेका छौं । हाम्रो पूरा टिम मनैदेखि धन्यवाद अर्पण गर्दछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://twitter.com/dhanushkraja/status/1328271134685417472?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1328271134685417472%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F155090%2F2020%2F11%2F17%2Fdhanush-rowdy-baby-song-creates-history

यस्तै इतिहास धनुषको गीत कोलावेरी दीले रचेको थियो । यो गीत सन् २०११ मा रिलिज भएको साइकोलोजिक थ्रिलर थ्रीको थियो । १६ नोभेम्बर सन् २०११ मा रिलिज भएको गीत असाध्यै चर्चित भएको थियो । तमिल र अंग्रेजीमा लेखिएको यो गीतको शब्द धेरैको मुखमा झुण्डिन्थ्यो । यो गीतलाई पनि धनुषले लेखेका र गाएका थिए ।

https://youtu.be/x6Q7c9RyMzk