बलिउड अभिनेत्री कंगना रनौट र बृहन्मुम्बई नगर निगम (बीएमसी)बीचको विवादमाथि बम्बे हाइकोर्टले शुक्रबार कंगनाका पक्षमा फैसला गरेको छ। मुम्बई महानगरपालिका (बीएमसी)ले पाली हिलस्थित आफ्नो अफिसमा गरेको तो’डफो’डलाई लिएर दायर गरेको रिटमाथि अदालतमा सुनुवाई भएको हो ।

हाइकोर्टले बीएमसीले गलत नियतका साथ कंगनाको अफिसमा डोजर चलाएको फैसलामा उल्लेख गरेको छ। अदालतले कुनै पनि नागरिकका विरुद्ध शक्तिको दुरुपयोग गर्न स्वीकृत दिन नसकिने बताएको छ। साथै अदालतले कंगनालाई सार्वजनिक मञ्चमा बोल्दा संयमता अपनाउन पनि भनेको छ। अदालतले कंगनाले कार्यालय निमार्ण गर्नु जायज भएको बताउँदै उक्त कार्यालयमा भएको तो’डफो’ड गलत भएको बताएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत सेप्टेम्बर ९ मा कंगना रनौटको मुम्बईस्थित अफिसमा बीएमसीले डोजर चलाएको थियो। कंगनाले उक्त बिल्डिङमा गैरकानुनी तवरबाट संरचना बनाएको भन्दै बीएमसीले भत्काएको थियो। कंगनालाई ध’म्क्याउनका लागि तोडफोड गरिएको भन्दै अदालतले भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति तिर्न समेत आदेश दिएको छहो। क्षति मूल्यांकनका लागि समिति निर्माण गर्न र त्यसले दुवै पक्षको कुरा सुनेरमात्र मूल्यांकन गर्ने बताइएको छ।

अदालतले तीन महिनाभित्र क्षतिको मूल्यांकन गर्ने पनि आदेश दिएको छ। तर कंगनाले भने आफूले कुनै गैरकानुनी संरचना नबनाएको र बीएमसीले पूर्वाग्रहका साथ आफ्नो घरमा डोजर चलाएको भन्दै अदालत गएकी थिइन्।

अदालतको फैसलापछि कंगनाले ट्विट गर्दै भनेकी छन्, ‘जब कोही सरकारबिरूद्ध उभिन्छ, यो उसको एक्लोको विजय नभई लोकतन्त्रको जित हो। मेरो पक्षमा उभिएका सबैलाई धन्यवाद। मेरो सपनाहरु टुट्दा जो हाँसे र नकारात्मक भूमिका निर्वाह गरे उनीहरुलाई पनि धन्यवाद। उनीहरु खलनायक बने र त म हिरो बनेँ।’

फैसलापछि कंगनाका वकिल रिजवान सिद्दीकीले भने, ‘मैले कंगनालाई सूचना दिएँ। उनी न्यायको बारेमा थाहा पाउँदा खुसी थिइन्। म विश्वस्त थिए कि यस्तै आदेश प्राप्त हुनेछ। किनभने केस तथ्यमा आधारित थियो र ती गलत हुन सक्दैनन्।’

कंगनाले मुम्बईलाई पाकिस्तान नियन्त्रित कस्मिरसँग तुलना गरेपछि महाराष्ट्रमा सरकारको नेतृत्व गरिरहेको शिव सेना र कंगनाबीच त’नाव बढेको थियो। बीएमसीविरुद्ध अदालत पुगेकी कंगनाले दुई करोड रुपैयाँ क्षतिपूर्तिको माग समेत गरेकी थिइन्।

https://twitter.com/KanganaTeam/status/1332230705296723973?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1332230705296723973%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.etajakhabar.com%2F343155%2F