काठमाडौं । कोभिड–१९ का कारण गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय भएको हो ।

पुस १ गतेदेखि मन्दिर दर्शन गर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्ड पशुपति क्षेत्र विकास कोषले तयार पारेको कोषका सदस्यसचिव डा.प्रदीप ढकालले जानकारी दिनुभयो । भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराई अर्कोबाट निस्कने गरी व्यवस्था गरिएको कोषले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो ।