दमक, २४ मंसिर । दमकका एक जना शिक्षकले विद्यार्थीलाई बलात्कार गरी गर्भ बोकाएर फरार रहेको पाईएको छ ।दमकस्थित एक निजी विद्यालयका शिक्षकले कक्षा–७ मा पढ्ने १४ वर्षीया बालिकालाई गर्भ बोकाएर फरार रहेको पाईएको हो । ती बालिका उक्त विद्यालयको होस्टेलमा बस्ने गरेकी थिइन् ।
इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितका अनुसार घटनाका विषयमा जाहेरी ढिलो आएको कारण खोजी गर्दै जाँदा ती शिक्षक भारतीय भएको बुझिएको छ ।
घटनाका बारेमा हल्ला चल्न थालेपछि शिक्षक भागेर भारत छिरेको सूचना पाएको उनले बताए । विद्यार्थी यति बेला परिवारकै साथमा रहेकी छिन् । ती बालिकाको पेटमा ६ हप्ताको गर्भ रहेको बुझिएको छ । हाम्रो दमक बाट साभार










