झापा, १ पुस/  मोरङको बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिडिरहेका मोरङको केरावारी गाउँपालिका–१० का २४ बर्षीय रबिन बि.क. र लेटाङ नगरपालिका–३ का २५ बर्षय रितेश परियारलाई चेकजाँच गर्दा निजहरुको साथबाट लागुऔषध नाईट्राभेट ट्याब्लेट २० चक्की र डाईजेल्याब २८ एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड