पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ७६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ ।
आज उपत्यकामा मात्र ३ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा २ सय ११ पुरुष र १ सय ५२ महिला छन् । योसंगै काठमाडौ उपत्यकामा कुल संक्रमितको संख्या १ लाख १८ हजार ४ सय ३५ पुगेको छ ।










