श्री गणेश सिः गुठी पृथ्वीचोक पोखराले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिलाई नगद सहयोग प्रदान गरेको छ ।

समितिको भवन मर्मतसम्भारका लागि नगद ५१ हजार १ रुपैयाँ सहयोग प्रदान गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गुठीका नायो एवं अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका अध्यक्ष विश्व विजुक्क्षलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक सशक्तीकरणमा उल्लेखनीय भूमिका खेलिरहेको विकास समितिको भवन अर्थ अभावका कारण जीर्ण बन्दै गएकाले त्यसको जीर्णोद्वार तथा मर्मतसम्भारका लागि थोरै भए पनि आर्थिक सहायता प्रदान गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका–८ का वडा सदस्य कृष्णमान ठुसाजु, गुठियार शिव द्धा, सचिव गजेन्द्रमान श्रेष्ठ लगायतले धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको साथ र सहयोगको आवश्यकता औंल्याए ।