राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र र हिन्दूराष्ट्रको माग गर्दै शनिवार काठमाडौंमा मोटरसाइकल र्‍याली गरेको छ ।

काठमाडौंको बबरमहलबाट शुरू भएको र्‍याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमल हुँदै दरबारमार्गमा पुगेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोटरसाइकल र्‍यालीमा राप्रपाका अध्यक्षत्रय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरू सहभागी भएका नेता राजाराम बर्ताैलाले जानकारी दिए ।

राप्रपा बैठकले यसअघि नै राजसंस्था र हिन्दूराष्ट्रको माग गर्दै चरणवद्ध आन्दोलन घोषणा गरेको छ । राप्रपाले पुस १७ गते उपत्यकामा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको छ ।