बलिउड अभिनेत्री शिल्पा शिरोडकर कोरोना विरुद्धको खोप लगाउने पहिलो अभिनेत्री बनेकी छिन् । उनले यूएईमा कोरोना खोप लगाएको बताइएको छ ।

सामाजिक सञ्जालमा एक तस्वीर शेयर गर्दै अभिनेत्री शिल्पाले यसबारे जानकारी गराएकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले कोरोना खोप लगाएपछि आफूलाई कुनै नकारात्मक असर नदेखिएको बताएकी छिन् । उनले भनेकी छिन्, खोप लगाएँ, अब म सुरक्षित छु ।

बलिउडमा कोरोना खोप लगाउने उनी पहिलो नायिका बनेको बताइएको छ ।

https://www.instagram.com/p/CJtLSdllGyW/?utm_source=ig_embed