प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई हटाएपछि प्रदेशको विकासको समस्या समाधान भएको दाबी गरेका छन् ।

नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको आमसभालाई शुक्रवार सम्बोधन गर्दै ओलीले रावलको नामै नलिई रावलमाथिको कारवाहीले समस्या समाधानको मार्ग प्रशस्त गरेको बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘यस प्रदेशको विकासको समस्या हुन् ती मान्छे, अब त्यो समस्या समाधान भएको छ । केही मान्छेले सोचे होलान् पार्टी चल्दैन भनेर । जीवन शर्माले गीतमा गाएजस्तै हो, पिलो निचोरिँदैमा ओजन घटेको हुँदैन,’ ओलीले भने । लोकान्तर बाट साभार