काठमाडौं । जितसँगै प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । आइतवार राति भएको खेलमा बर्मिंघम सिटीलाई ३-० गोल अन्तरले पराजित गर्दै सिटीले चौंथो चरणमा प्रवेश गरेको हो ।

सिटीको जितमा बेर्नार्डो सिल्भाले दुई गोल गरे । यस्तै फिल फोडेनले एक गोल गरे । खेलको आठौं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खेलको १५ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ३३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलिया ३-० को जित दिलाए ।