सप्तरीमा एक किशोरीलाई जिस्काएको विषयमा झडप हुँदा १५ जना घाइते भएका छन्।रुपनी गाउँपालिका–३, हर्दिया कटैयामा स्थानीय १६ वर्षीया किशोरी जिस्काएको निहुँमा बिहीबार राति ८ बजे दुई पक्षबीच भनाभन हुनुका साथै झडप समेत भएको थियो।

झडपमा केटी पक्षका ८ जना र केटा पक्षका ७ जना गरी १५ जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रवक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केटी पक्षका दिनेश सरदार ,छोटेलाल सरदार, वसन्त सरदार लगायत घाइते भएका छन् भने केटा पक्षका दीपेन्द्र मुखिया ,लक्ष्मण मुखिया, सकलदेव मुखियासहित १५ समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।घाइतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको डीएसपी साहले बताए।