काठमाडौँ । इलामको फाकफोक खोलामा सोमबार दिउँसो आएको बाढीले जलाइँदै गरेको शव वेपत्ता पारेको छ । खोलामा आएको बाढीले स्थानीय राम लकान्द्रीको शव वेपत्ता पारेको हो ।

चर्को घाम लागेको समयमा इलामको फाकफोकथुम गाउँपालिका– ३ स्थित फाकफोक खोलामा चितामा राखेर लकान्द्रीको शव जलिरहेको अवस्थामा एक्कासी आएको बाढीले बगाएको स्थानीयले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय विष्णु पौलेलले हेर्दाहेर्दै लकान्द्रीको शव बाढीले बेपत्ता पारेको बताए । उनले भने, ‘शव जलाउने ठाउँमा चर्को घामसमेत लागेको थियो ।’ यस्तो घटना पहिलो भएको पौडेल दावी गर्छन् ।

बाढीले बगाएको लकान्द्रीको शव हालसम्म पनि भेटिएको छैन । लकान्द्रीको सुँगुरलाई चारो खोज्न जाँदा लडेर मृत्यु भएको थियो