दमक,१० माघ । मदन भण्डारी स्पोर्टस एकाडेमीले आज दमकमा दमकमा सरसफाई गरेको छ । दमक बसपार्कबाट शुरु भएको सरसफाई गणतन्त्र चोकसम्म सञ्चालन गरिएको थियो । अभियानको दमक नगरपालिकाका प्रमुख समेत रहेका नेकपाका केन्द्रीय सदस्य रोमनाथ ओलीले शुरुवात गर्दै व्यक्ति व्यक्ति स्वयंले सरसफाई नियमित गर्नुपर्ने औंल्याए । यसलाई जनचेतनाका रुपमा अघि बढाउनु आवश्यक हुने उनको भनाई थियो ।
सरसफाई थालनी गर्न आयोजित सक्षिंप्त कार्यक्रममा सरकार पक्षीय नेकपा समूहका नेता कार्यकर्ताहरुसहित भातृ संगठन र एकाडेमीका पदाधिकारी, सदस्यहरु, यातायात व्यवसायी, मजदुरसहित दमक नगरपालिकाका नगर प्रहरी लगायत स्थानीय युवाहरु सहभागी थिए । एकाडेमीका अध्यक्ष लोकेश न्यौपानेले सामाजिक क्षेत्रमा युवाहरुलाई परिचालन गर्ने उद्धेश्यले कार्यक्रम गरिएको र त्यसलाई निरन्तरता दिईने वताए ।
यसैगरि हिजो शुक्रवारनै गौरादहस्थित मदन भण्डारी फाउण्डेसनले गौरादह १ को लाल जनकल्याण आधारभुत बिद्यालयकाका विपन्न ७० जना विद्यार्थीलाई जाडोका लागि न्यानो कपडा स्वईटर वितरण गरिएको फाउण्डेसनका अध्यक्ष खड्कराज थापाले वताए । संबिधानसभा सदस्य दिपक कार्कीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेकपा झापा जिल्ला अध्यक्ष चिन्तन पाठक , नेकपा झापा सचिवालय सदस्य मदन अधिकारी , नेकपा जिल्ला कार्यालय सचिव शिव ढुंगाना लगायतको उपस्थिति रहेको थियोे ।











