राप्ती गाउँपालिका स्थित लालमटियामा बनेको पक्की पुल उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सोमवार दाङ जाँदैछन् ,प्रधानमन्त्री ओलीले मध्याह्न नेपालकै दोस्रो लामो पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा केन्द्रीय सदस्य शान्ता चौधरीले जानकारी दिइन्।पुल उद्घाटनपछि ओली नेकपाले आयोजना गरेको आमसभामा सहभागी हुने कार्यक्रम छ ।प्रतिनिधि सभा विघटनपछि ओली आज दोस्रोपटक काठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुँदैछन्।