नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले बाटोमा जसलाई देख्यो उसैलाई गाली गर्दै हिँड्न थालेको टिप्पणी गरेका छन् ।सोमबार रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पुनले ओली ‘कुकुर देखे कुकुरलाई र ढुकुर देखे ढुकुरलाई हान्ने’ भन्दै भन्दै व्यङ्ग्य गरे । उनले भने, ‘ओलीले अदालतलाई गाली गरेका छन्, वलिकलाई गाली गरेका छन्, मिडियालाई गाली गरेका छन्, डाक्टरलाई गाली गरेका छन्,जसलाई देख्यो उसैलाई गाली गर्दै हिँडेका छन्।ओली सरकार काम चलाउ नै भएपनि प्रधानमन्त्री पदको मर्यादा कायम गर्दै सबैसँग निहुँ खोज्दै नहिँड्न उनले सुझाव दिए ।उनले भने, ‘सवैसँगै निहुँ खोज्दै गाली गर्दै नहिँड्नुहोस् । जिम्मेवार बन्नुहोस् ।’ पुनले नेतृत्वमा बसेको मान्छेले सकारात्मक सोच बोकेर राम्रो गरेर देखाउनु पर्ने बताए । पूर्वमन्त्री समेत रहेका पुनले हिजो निर्वाचन आयोगले गरेको निर्णय प्रति कार्यकारीको अगाडि संवैधानिक निकाय लाचार भएको पुष्टि भएको आरोप लगाएका
निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाउँदै उनले आयोगको क्षमताप्रति प्रश्न पनि उठाएका छन् । ‘नेकपाको ४४१ जना केन्द्रीय सदस्यलाई मान्यता दिएको आयोगले ७० प्रतिशत बढीको हस्ताक्षरमा भएको निर्णयलाई वैधानिकता दिनुपथ्र्यो,’ पुनले भने । उनले निर्वाचन आयोगको निर्णयप्रति पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने पनि बताए । पार्टीभित्र छलफल गरी अयोगका निर्णयका बारेमा धारणा निर्माण गरी अगाडि बढ्ने उनलेको भनाइ थियो । पुनले संसद् पुनःस्थापनको विकल्प नभएको प्रष्ट पार्दै त्यो नै वर्तमान राजनैतिक निकासको बाटो भएको दाबी गरे ।पूर्वऊर्जामन्त्री समेत रहेका पुनले वतर्मान उर्जामन्त्री टोप बहादुर रायमाझीलाई विद्युतको सही व्यवस्थापन गरेर काम गर्न सुझाव दिँदै प्राविधिक विषयमा हल्का रुपमा टिप्पणी नगर्न आग्रह गरे ।










