काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ। प्रतिनिधिसभा विघटनपछि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै विरोध प्रदर्शन गरेको थियो। दुई चरणको विरोध कार्यक्रमपछि कांग्रेसले पुन: बैठक गरेर समिक्षा गर्न लागेको हो।यो बैठकले आगामी दिनका कार्यक्रम पनि निर्धारण गर्ने भएको छ। कांग्रेस भित्र पुन आन्दोलनमा जाने या सर्वोच्चको फैसला कुर्ने कुरामा दुई मत देखिएको छ। महामन्त्री शशांक कोइरालाको निवासमा हिजो सभापति इतर पक्षका नेताहरुले बैठक गरेर आन्दोलन चर्काउने निष्कर्ष निकालेका थिए ।यसको साथै कांग्रेसले महाधिवेशनबारे पनि जारी केन्द्रीय समिति बैठकमा निर्णय गर्नुपर्ने छ। फागुनमा गर्ने भनिएको महाधिवेशन हुन नसकेपछि अब कसरी र कहिले महाधिवेशन गर्नेबारे कांग्रेसका शीर्ष नेताहरूबीच पछिल्लो समय गृहकार्यमा छन्।
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै,थप रणनीति बनाउने
सवालनेपालसंवाददातामंगलबार, १२ माघ २०७७

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै,थप रणनीति बनाउने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



