भन्सार छलेर भण्डारण गरिएको तीन करोड बढीको खाद्य सामग्री प्रहरीले बरामद गरेको छ।काठमाडौंबाट लगेर भण्डारण गरी राखेको सो मूल्य बराबरको सामग्री प्रहरीले फेला पारेको हो।मंगलबार झापा प्रहरीले दमक-६ बाट सो बराबरको सामग्री बरामद गरेको छ।दमक-६ को एक घर भाडामा लिएर भण्डारण गरिएका ग्लोबल ओरियन्स कम्पनीका विभिन्न खाद्यवस्तुहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।ती खाद्य वस्तुहरू काठमाडौं-१६बालाजुमा दर्ता रहेको ग्लोबल ओयएन्स प्रा.लि.बाट ल्याइएको देखिको छ। तर, ठूलो परिमाणका खाद्यवस्तु फेला पर्दा त्यसको कागजात नभएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।ती सामग्रीसँगै सञ्चालक दमक-६ का जितेन्द्र साह पक्राउ परेका छन्।बरामद भएकामध्ये २२ प्रकारका सामग्रीको बिल नभेटिएको भट्टराईले बताए।अन्य १२ प्रकारका सामग्रीको भने बिल भेटिएको छ।बिल भेटिएका सामग्रीको मूल्य ८७लाख २६ हजार ५२०रुपैयाँको रहेको छ।‘बरामद सामग्री राजश्व अनुसन्धान विभाग इटहरीमा बुझाउने तयारी भइरहेको छ,’भट्टराईले भने।
झापाबाट भन्सार छलेको ३करोड बढीको खाद्यान्न सामग्री बरामद
सवालनेपालसंवाददातामंगलबार, १२ माघ २०७७

झापाबाट भन्सार छलेको ३करोड बढीको खाद्यान्न सामग्री बरामद
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



