काठमाण्डाै –भारतका पाँच वर्षीय बालक आयुष केएसले एक घण्टामा २० वटा कथाका पुस्तक पढेर दुबईमा कीर्तिमान कायम गरेका छन्।भारतकाे केरलाका पाँच वर्ष तीन महिनाका बालकले नराेकिइकन लगातार एक घण्टासम्म कथाका किताब पढेर यस विधामा कीर्तिमान बनाएका हुन्।उनले थ्री बियर्स, स्लाई फक्स एण्ड रेड हेन, रापुन्जेल, हेदी, द लिटल मरर्मेडलगायतका कथाका किताब पढेका थिए ।जेएसएस इन्टरनेशनल स्कुलकाे किन्टरगार्डेनमा पढ्दै आएका आयुषले आफ्ना उमेर समूहकालाई पढ्न प्रेरित गरेन 'रिडिङ रुम बाइ आयुष' नामको युट्युब च्यानल पनि चलाउँदै आएका छन्। उनले एक घण्टा पढेकाे भिडियाे पनि उनकाे च्यानलमा देख्न सकिन्छ।आयुषका बुबा सुपाल केजीले भने, ‘आयुषलाई विश्वभरका लेखकहरूले उनीहरूकाे पुस्तक युट्युब च्यानलमार्फत पढिदिन डाक्ने गरेका छन् । आयुष ती पुस्तक र पत्रिका पनि पढ्न निकै रुचाउँछन्।हामीले उसका लागि थुप्रै पुस्तक किनिदिएका छाैँ । पछिल्लाे पटक हामीले एकैपटक ४० वटा पुस्तक किनेर ल्याइदिएका थियाैँ । उनले निकै छाेटाे समयमा ती पुस्तक पढिसक्छन्।’
पाँच वर्षीय बालकले एक घण्टामा २० कथाका पुस्तक पढेर कीर्तिमान राखे
सवालनेपालसंवाददाताबिहीबार, १४ माघ २०७७

पाँच वर्षीय बालकले एक घण्टामा २० कथाका पुस्तक पढेर कीर्तिमान राखे
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?

यो पनि पढ्नुहोस् »
७४ दिनसम्म पानीमुनि बसेर विश्व किर्तिमान
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?
सोमबार, १७ वैशाख २०८१
७४ दिनसम्म पानीमुनि बसेर विश्व किर्तिमान
मंगलबार, २ जेठ २०८०
शीघ्र स्खलन के कारणले हुन्छ र कसरी कम गर्ने ? यस्ता छन् ७ उपाय, जानी राखौं
सोमबार, १३ चैत २०७९
मंगल ग्रहमा कुनै बेला सागर थियो
मंगलबार, ७ चैत २०७९
महामुर्ख जनकपुरका मेयर र ऋषि धमला पटमुर्ख: लगाइदिए करेलाको माला
बुधबार, २४ फागुन २०७९



