कैलाली-नेपाल सरकारले सुदूरपश्चिमको भारतसँग जोडिएको बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा, पुलघाट नाका पूर्ण रुपमा खुल्ला गरिएको छ।३० वटा भारतसँग जोडिएका सीमा नाका मध्य कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी सीमा नाका पहिले देखि आवतजावत भईरहेको थियो र शुक्रवारबाट झुलाघाट र खलङ्गा, पुलघाट नाका पूर्ण रुपमा खुलको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।उनले गौरीफन्टा नाका र गड्डाचौकी नाकाबाट पहिले नै नागरिकको आवतजावत हुने गरेको बताए।मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सो सीमा नाका खुला गरेको हो।नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन्। तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ।सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो।त्यसपछि बीचमा सीमा नाकाको आवागमनलाई केही सहज बनाइएकोे भएपनि भारतीय नागरिकलाई प्रवेश अनुमती दिइएको थिएन।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका सम्पूर्ण नाका आजदेखि खुल्ला
सवालनेपालसंवाददाताशुक्रबार, १५ माघ २०७७

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका सम्पूर्ण नाका आजदेखि खुल्ला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



