झापाको दमकमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या ६ सय ६८ पुगेको छ । आज थप ७० जनाले लगाएसँगै दमकमा खोप लगाउनेको संख्या ६ सय ६८ पुगेको हो । आज २३ पुरुष र ४७ महिलाले खोप लगाएको डा.सुरक्षा बाँसकोटाले जानकारी दिनुभयो ।

आजसम्म २ सय ९२ पुरुष र ३ सय ७६ महिलाले खोप लगाइसकेका छन् । भोली गौरिगञ्ज गाउँपालिकाको पालो रहेको डाक्टर बाँसकोटाले जानकारी दिनुभयो । पहिलो चरणको खोप लगाउने भोलि अन्तिम दिन हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले पहिलो चरणको खोपमा स्वास्थ्यकर्मी, सफाईकर्मी र महिला स्वास्थ्य स्यंमसेविकाहरुलाई खोप लगाउने जनाएको थियो । पुरा डोज खोप लगाउन दुई पटक खोप लगाउनु पर्नेछ ।