झापाको दमकमा ९ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । आज थप ७० जनाले खोप लगाएसँगै दमकमा खोप लगाउनेको संख्या ९ सय ३४ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज ३२ जना महिला र ३८ जना पुरुषले खोप लगाएका छन् । योसँगै हाल सम्म दमकमा खोप लगाउने महिलाको संख्या ५ सय ४४ पुगेको छ भने पुरुषको संख्या ३ सय ९० पुगेको छ । दमकमा अझै दुई दिन खोप लगाउने तालिका रहेको छ ।










