डोल्पाका एक समाजसेवीले व्यक्तिगत खर्चमा ग्यास चुलो र सिलिन्डर बितरण गरेका छन्। ठूलीभेरी नगरपालिका–३ दुनैमा बस्दै आएका युवा मन बुढाले वडा नं ४ तिप्ला गाउँका १२१ घरधुरीलाई ग्यास चुल्हो र सिलिन्डर वितरण गरेका हुन्,व्यक्तिगत नौ लाख ६८ हजार खर्च गरेर नेपालगञ्जबाट सिलिन्डर र चुल्हो ल्याएर वितरण गरेको स्थानीयवासी राजबहादुर बुढाले बताए । सदरमुकाम दुनैस्थित सरस्वती माविका विद्यालय व्यवस्थापन समितिकाअध्यक्षसमेत रहेका बुढाले जिल्लामै नमूना काम गरेको बुढाको भनाइ छ ।दुर्गम क्षेत्रका महिलाको व्यस्त जीवनशैलीलाई लक्षित गर्दै केही हदसम्म भए पनि राहत मिलोस् भन्ने उद्देश्यले व्यक्तिगतरुपमा चुल्होसहितको सिलिन्डर वितरण गरिएको युवा बुढाले बताए ।त्यतिमात्र नभई प्रत्येक दिन चाहिने दाउराको स्रोत जङ्गल नै भएकाले स्थानीयवासीको जङ्गलप्रतिको परनिर्भता घटाई वन विनाश रोक्न पनि यो कदम चालिएको बुढाले बताए ।