काठमाडौं।कोरोना महामारीले प्रभावित नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि पर्यटन बस व्यवसायी देश दौडाहामा लागेका छन् ,टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)को नेतृत्वमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पर्यटन बस व्यवसायीको समूह लुम्बिनी र बर्दिया भ्रमणमा लागेको हो ।कोरोना संक्रमणसँगै नेपाल पर्यटन बोर्डको सहकार्यमा लुम्बिनी र बर्दियामा हुन लागेको ‘हेल्थ प्रोटोकल कम्युनिकेसन तालिम’मा भाग लिनका साथै देशभरका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक बस सञ्चालनका लागि आजदेखि देश दौडाहामा लागिएको टिवानका अध्यक्ष ईश्वर शर्माले जानकारी दिए।‘‘लुम्बिनी र बर्दिया भ्रमण गर्न लागेको उक्त टोलीले काठमाडौंबाट लुम्बिनी र बर्दियामा सिधा पर्यटकीय बस सञ्चालनका लागि त्यहाँका पर्यटक व्यवसायीसँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ,’’अध्यक्ष शर्माले भने।टिवानले नेतृत्व गरेको २० जनाको उक्त समूहमा नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईँ, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा)का महासचिव शिशिर खनाललगायतको सहभागिता रहेको छ।
आन्तरिक पर्यटक प्रवर्द्धनका लागि व्यवसायी देश भ्रमणमा
सवालनेपालसंवाददाताबुधबार, २० माघ २०७७

आन्तरिक पर्यटक प्रवर्द्धनका लागि व्यवसायी देश भ्रमणमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



