सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडतालले – पुर्वराजा शाह

बन्दप्रति पूर्वराजा आक्रोशित

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वदेश नेपाल

बिहिबार, माघ २२, २०७७

पूर्वराजा ज्ञानेन्द्र शाहले जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु सह्य नहुने बताएका छन् । पछिल्लो राजनीतिक घटनालाई संकेत गर्दै पूर्वराजा ज्ञानेन्द्रले ट्विट गर्दै सत्ताको खेल जनताको मन जितेर खेल्नुपर्ने बताएका हुन् ।

वर्तमान सरकारले जनताको दैनिकीमा ध्यान नदिएको भन्दै आफ्नै राग अलाप्दै आत्मरतिमा रमाएको उल्लेख गरेको छन् । उनले भनेका छन्, “जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ ।”

पूर्व राजा ज्ञानेन्द्रले बन्द, हडतालजस्ता गतिविधिलाई जनविरोधी क्रियाकलाप भन्दै आलोचनासमेत गरेको छन् । “सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी कृयाकलापले,” उनले भनेका छन्, “जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न ।”

यस्तो छ पुर्वराजाको पोस्ट –

जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ । सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी कृयाकलापले । जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न ।

राजतन्त्र फर्काउने प्रदर्शन हुँदासमेत नदेखिएका पूर्व राजा हड्ताल विरुद्ध भने कडा रुपमा प्रस्तुत भएका छन्।

सामाजिक सञ्जालमार्फत सत्तारुढ नेकपा र आन्दोलनरत नेकपालाई यस्तो चेतावनी दिनुले मुलुकको राजनीतिक अवस्थालाई संवेदनशील द्वन्द्वतर्फ उन्मुख भएको संकेत गरेका छन् ।