काठमाडौं- आत्महत्या समस्याको विकल्प हैन भन्ने सन्देश दिने ज्यानै फाल्नु पहिले बोलको गीत सार्वजनिक भएको छ। गायक हरी लम्सालको स्वरमा रहेको यो गीतमा आत्महत्या गर्ने मनस्थिति बनाएका मानिसलाई त्यस्तो नगर्न आग्रह गरिएको छ।गीतको शब्द वसन्त लम्सालले लेखेका हुन् भने संगीत भर्ने काम पनि उनैले गरेका छन्। गीतको भिडियो पनि निकै मार्मिक बनाइएको छ। भिडियोमा अभिनेता राजेश हमाल र नायिका रिमा विश्वकर्माको अभिनय रहेको छ।एकजना मर्दा उनका घरमा भएका बाबुआमा, श्रीमती र बच्चालाई सामाजिक र मनोवैज्ञानिक तरिकाले के कस्ता असर पर्छन् भन्ने भिडियोमा देखाउन खोजिएको छ। भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् ।
https://youtu.be/fr8jdod9TeAआत्महत्याबारे सचेतना फैलाउने गीत ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक
सवालनेपालसंवाददातासोमबार, २५ माघ २०७७

आत्महत्याबारे सचेतना फैलाउने गीत ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



