प्रचण्ड–नेपाल पक्षकी नेकपा नेतृ रामकुमारी झाक्रीले संसद पुर्नस्थापना हुने बताउनु भएको छ । प्रचण्ड–नेपाल समुहले आज काठमाण्डौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ झाक्रीले यस्तो बताउनु भएको हो । नेतृ झाक्रीले मुखमा लगाएको क्रस टेप खोल्दै निरंकुशताको साक्षी बस्नेहरुका विरुद्ध बोल्न पाइने बताउनु भयो । प्रधानमन्त्री केपी ओलीको चर्को विरोध गर्नु भएकी उहाँले खड्गप्रसाद ओलीको नभइ उनको प्रबृतीको मात्र विरोध गरेको उल्लेख गर्नुभयो ।