प्रचण्ड–नेपाल पक्षका नेता तथा प्रबक्ता नारायण काजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई धर्काएका छन् । नेकपाले आज काठमाण्डौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गरिरहेका नेता श्रेष्ठले सम्बोधनका क्रममा पत्रकार धमलालाई अर्को कार्यक्रम नगर्नुस भन्दै थर्काएका हुन् । अहिले हाम्रो कार्यक्रम सुन्नुहोस् । कार्यक्रमपछि तपाईको कार्यक्रम गर्नुहोस् भन्दै उनी जंगिएका थिए । त्यसपछि पत्रकार धमलाले कार्यकर्ताहरुलाई सोध्न छोडेका थिए भने कार्यकर्ताहरु अक्रामक भएका थिए । नेता श्रेष्ठ जंगिएपछि धमला कार्यकर्ताबाट बच्न हात हल्लाउँदै बाहिरीएका थिए । सो क्रममा पत्रकार धमलालाई डिएसपीले सुरक्षा प्रदान गर्दै कार्यकर्ताबाट जोगाएका थिए ।