प्रचण्ड–नेपाल समुहका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा प्रधानमन्त्री केपी ओलीको दलको जमानत जफत हुने दाबी गर्नु भएको छ । आज सो समुहले अयोजना गरेको काठमाण्डौंको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो दाबी गर्नु भएको हो ।

उहाँले सम्बोधन गर्दै भन्नु भयो, मिस्टर केपी ओली जी दुई बर्षपछि हुने निर्वाचनमा तपाईको जमानत जफत हुन्छ । जनता हाम्रो पक्षमा छन् । उहाले आन्दोलन दुई ओटा गुटको नभइ प्रतिगमनका विरुद्ध भएको दाबी समेत गर्नु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता खनालले ओली पराजित भइसकेको र पशुपतिनाथमा गएर गुहार माग्न थालिसकेको भनाई समेत राख्नु भयो । उहाँले निर्वाचन आयोगलाई कुन दल आधिकारीक दल हो भन्ने हेर्न प्रदर्शनीमार्ग आएर हेर्न अनुरोध समेत गर्नुभयो ।