डोटी - डोटीको जोरायल गाउँपालिका-२ रुपसकाँडामा प्याराग्लाइडिङ सञ्चालन भएपछि पर्यटकहरूको आकर्षण बढ्दै गएको छ,करिब एक महिनादेखि बुडर तथा रुपसकाँडाका डाँडामा प्याराग्लाइडिङ सुरु गरिएपछि प्याराग्लाइडिङ गर्नेहरुको आकर्षण बढ्न थालेको हाे।कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायतका क्षेत्रका स्थानीयको रोजाइमा प्याराग्लाइडिङ पर्न थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रवर्द्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरतबहादुर कुँवरले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘हामीले प्याराग्लाइडिङ उडान गर्न सुरु गरेपछि आन्तरिक पर्यटकहरु बढ्दै गएका छन्, अहिले यहाँ चहलपहल बढ्नुका साथै होटेल व्यवसाय पनि राम्रै चलेको छ ।’ अहिले दैनिक जसो ७/८ जना आन्तरिक पर्यटकहरुले दैनिक प्याराग्लाइडिङ उडान गर्ने गरेको छतिवन पर्यटन प्रवर्द्धन तथा संरक्षण विकास समितिले जनाएको छ ।करिब २० मिनेटको उडान अवधि रहेको यस प्याराग्लाइडिङ उडानमा बुडर, छतिवन, रुपसकाँडा, बाजीलेक तथा डडेल्धुरा जिल्लाका भित्री मधेसमा रहेका पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ,समितिकाअनुसार प्याराग्लाइडिङका लागि चार हजार रुपैयाँको टिकट तोकिएको छ । रुपसकाँडामा अहिले दैनिक दुई वटा प्याराग्लाइडिङ टेण्डमबाट उडान सञ्चालन भइरहेको छ । छतिवन पर्यटन प्रवर्द्धन तथा संरक्षण विकास समिति तथा स्काइलाइन प्रालि पोखराले पर्यटकहरूलाई प्याराग्लाइडिङ गराउँदै आएका छन् ।रुपसकाँडामा हावाको वेग स्थिर हुने हुँदा प्याराग्लाइडिङ उडान भर्न सहज हुने गरेको पाइलट विष्णु तिमिल्सिनाले बताउनुभयो ।उहाँले भन्नुभयो, 'कुनै ठाउँमा हावाको वेगले प्याराग्लाइडिङ उडान भर्न समस्या हुन्छ तर यहाँ सबै मिलेकाले उडान भर्न सजिलाे छ ।'जोरायल गाउँपालिका-२ का वडा अध्यक्ष मानबहादुर मल्लले प्याराग्लाइडिङको आकर्षण बढाउन थप कार्यक्रमहरु अघि सार्ने योजना बनाइएको जानकारी दिनुभयो |
डोटीमा प्याराग्लाइडिङले पर्यटकको आकर्षण बढ्दै
सवालनेपालसंवाददाताबिहीबार, २८ माघ २०७७

डोटीमा प्याराग्लाइडिङले पर्यटकको आकर्षण बढ्दै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



