मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पशुमैत्री पार्क निर्माण प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाको वडा नं ३ स्थित कालीखोला सामरीमा रु सात करोड तीन लाख ७६ हजारको लागतमा पार्क निमाण गर्न लागिएको उक्त गाउँपालिकाले जनाएको छ ।स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको आर्थिक लगानीमा निमार्ण हुने गरी बहुवर्षीय योजनाअन्तर्गत पार्क निर्माण कार्य अगाडि बढाइएको हो । पार्क निर्माणका लागि प्रथम चरणअन्तर्गत बागमती प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको चालु आव २०७७÷७८ को स्वीकृत कार्यक्रमअन्तर्गत निर्देशनालयको रु १० लाख, गाउँपालिकाको रु १० लाख तथा स्थानीयवासीको रु दुई लाख ७८ हजारको लागत सहयोगमा निर्माण हुने बताइएको छ । उक्त बजेट पनि विनियोजन भइसकेकको छ । बजेट विनियोजनसँगै उक्त पार्क निमार्णका लागि निर्देशनालयका निमित निर्देशक रामप्रकाश प्रधान र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीबीच सम्झौता पत्रमा हस्तान्तरण गरिएको पुडासैनीले जानकारी दिनुभयो ।उहाँका अनुसार पशुमैत्री पार्कमा विभिन्न प्रजातिका गाई, भैँसी, बाख्रा लगायतका आकृति, तालीम केन्द्र, रमणीय बगैँचा, नमूना घाँसका प्रजाति, दाना उत्पादन केन्द्र, सहकारी भवन, पराल राख्ने स्थान, पानी ट्याङ्की, स्वीमिङ पुल, चमेना गृह, पिकनिक स्थल, शौचालय, विश्रामस्थल र पदमार्ग लगायतका संरचना निमार्ण हुने बताइएको छ ।
मकवानपुरगढीमा पशुमैत्री उद्यान बन्ने
सवालनेपालसंवाददाताशुक्रबार, २९ माघ २०७७

मकवानपुरगढीमा पशुमैत्री उद्यान बन्ने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



