काठमाण्डाै - आज 'भ्यालेन्टाइन डे' अर्थात् प्रणय दिवस मनाइँदै छ ।हरेक फेब्रुअरी १४ तारिखमा यो दिवस मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया साट्ने र प्रेम प्रस्ताव राख्ने गर्छन् ।आजकै दिन आफूलाई मन परेको व्यक्तिलाई उपहार दिने चलन पनि छ ।विशेषगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन 'भ्यालेन्टाइन डे' लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन्छन् । पहिले-पहिले युवापुस्ता र सहर बजारमा मात्रै प्रणय दिवस मनाउने गरिए पनि अहिले गाउँघरमा पनि यसको चर्चा हुन थालेको छ । 'भ्यालेन्टाइन डे' को सुरुवात सन् २६९ मा रोमनबाट सुरु भएको मानिन्छ । नारीसँगको सम्बन्धका कारण सेना कमजोर हुने भन्दै सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए ।तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेका थिए । आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा 'भ्यालेन्टाइन डे' का रूपमा मनाउन थालिएको हो ।
आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै
सवालनेपालसंवाददाताआइतबार, २ फागुन २०७७

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



