भारतमा बालिकालाई बलात्कार गरेर गर्भवती बनाउने प्रधानाध्यापकलाइर्ए मृत्युदण्डको सजाय सुनाइएको छ ।विहार राज्यको पट्नामा रहेको एक विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रधानाध्यापकलाई मृत्युदण्डको सजाय सुनाइएको हो । अरविन्द कुमारलाई त्यहाँको नागरिक अदालतले फाँसीको सजाय सुनाएको एनडीटीभीले जनाएको छ।यस घटनामा सहयोगीको भूमिका खेलेको पुष्टि भएपछि सोही विद्यालयका एक प्रशासनिक कर्मचारी अभिषेकलाई भने जन्मकैदको फैसला सुनाइएको छ।यो घटना झन्डै तीन वर्ष अगाडिको हो। अदालतले जरिवाना स्वरुप प्रधानाध्यापकलाई एक लाख रुपैयाँ र अर्का कर्मचारीलाई ५० हजार पनि तिराएको छ।पटनाको फुलवारीसरिफ क्षेत्रको न्यु सेन्ट्रल पब्लिक स्कुलमा सन् २०१८ को सेप्टेम्बरमा यस घटना भएको थियो।बालिका गर्भवती भएपछि मात्र बलात्कारको घटना सार्वजनिक भएको थियो।
११ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रधानाध्यापकलाई मृत्युदण्डको सजाय
सवालनेपालसंवाददातामंगलबार, ४ फागुन २०७७

११ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रधानाध्यापकलाई मृत्युदण्डको सजाय
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



