काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले दुषित मनसायका साथ संसद विघटन गरेको बताउनुभएको छ ।
एमिकस क्युरी तोकिएका वरिष्ठ अधिवक्ता कार्कीले सर्वोच्च अदालतलाई आफ्नो राय दिँदै प्रधानमन्त्री ओली गुर्नभएको संसद विघटनमा दुषित मनसाय मिसिएकाे बताउनुभएको हो ।
वरिष्ठ अधिवक्ता कार्कीले अनुसार वर्तमान संविधान अनुसार प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटना गर्न नसक्ने रायसहितको निष्कर्ष सुनाउनुभएको छ ।
उहाँका अनुसार संसद र सरकार असफल भएको अवस्थामा मात्रै प्रतिनिधि सभा विघटन गर्न सकिन्छ ।
जनताबाट चुनिएको प्रतिनिधिबाट संसद बनेको र त्यही संसदबाट प्रधानमन्त्री बनेको हुनाले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नुपर्ने बताउँदै कार्कीले भन्नुभयो, ‘अदालतले चिन्ने भनेको उहाँ संसदप्रति जवाफदेही हुनुपर्छ भन्ने हो ।’‘ संसदीय व्यवस्थामा विघटनको अधिकार हुन्छ। तर ओलीको इन्टेन्सन गलत छ। गैरसंवैधानिक उद्देश्य राखेर विघटन गरिएको छ’, उहाँको रायको निष्कर्ष छ।










