अन्य राजनीतिक दलहरु चुनावको विपक्षमा देखिइरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी भने चुनावको पक्षमा देखिएको छ । राप्रपाका अध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री कमल थापाले चुनावलाई अबसरका रुपमा प्रयोग गर्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ । आज राप्रपा झापा क्षेत्र नम्बर ५ क्षेत्रिय समितिले आयोजना गरेको मोटरसाईकल र्याली तथा सभालाई झापाको गौरीगञ्जमा सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो निर्देशन दिनु भएको हो । सम्बोधनका क्रममा अध्यक्ष थापाले भन्नुभयो, “अहिले अनुकुल अबस्था छ , जतिबेला कम्युनिष्ट पार्टी टुट्फुटमा छन्, बद्नाम छन् । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस किङकर्तव्य बिमुड, निरीह भएर बसेको छ । कहिले झर्ला र खाउँला भनेर पर्खेर बसेको अबस्थामा छ । आमूल परिवर्तन होईन, कहिँले केपी ओलीलाई हटाम र त्यो भाग खाउँला भनेर पर्खेर बसेको अबस्थामा नेपाली कांग्रेस छ । यस्तो स्थितिमा जनताले विकल्प खोजीराखेका छन् । त्यो विकल्प निर्माण गर्नेक्रममा यो हाम्रो निमित्त अनुकुल अबसर हो ।” अध्यक्ष थापाले केहि दिनमा सर्वोच्च अदालतले फैशला दिने छ भन्दै दुई चार दिन भित्रैमा चुनाव हुने नहुने थाहा हुने बताउनु भयो । उहाँले धेरै सम्भब चुनाव हुने देखिन्छ भन्दै चुनाव भयो भने त्यो चुनावलाई आफ्नो मान्यता स्थापित गर्ने अबसरका रुपमा प्रयोग गर्नुपर्ने बताउनु भयो । अध्यक्ष थापाले राप्रपाकै कारण अहिले हिन्दु राष्ट्र र राजसंस्थाको विषयमा कुरा उठाउन सकेको दाबी समेत गर्नु भयो । उहाँले नेकपाको कुर्सीको झगडाका कारण मुलुकमा अहिलेको अस्था आइपरेको बताउनु भयो । अध्यक्ष थापाले अब जनता र राजा मिलेर मुलुक बचाउनु पर्ने धारणा समेत राख्नु भयो । कार्यक्रममा राप्रपा नेता तथा प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङ्गदेन, प्रदेश नम्बर एक का अध्यक्ष राम थापा, झापा जिल्ला अध्यक्ष अमर विष्ट, गौरीगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठ लगायतले सम्बोधन गर्नु भएको थियो ।
राप्रपा चुनावको पक्षमा, अध्यक्ष थापाद्धारा चुनावलाई अबसरको रुपमा प्रयोग गर्न निर्देशन
उत्तम रिजालसंवाददाताशनिबार, ८ फागुन २०७७

राप्रपा चुनावको पक्षमा, अध्यक्ष थापाद्धारा चुनावलाई अबसरको रुपमा प्रयोग गर्न निर्देशन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



