एजेन्सी । म्यानमारमा सैनिक ‘कू’को विरोधमा उत्रेका प्रदर्शनकारीमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । शनिवार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।गोली लागेका एक जनाको घटनास्थलमै र अर्का व्यक्तिको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । गोली लागेर अन्य दर्जनौं घाइते भएका समाचारमा जनाइएको छ । यसअघि पनि प्रदर्शनकारीको एक र्यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको थियो ।प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस, रबरको गोली र पानीका फोहोराले हानेको जनाइएको छ । सेनाले निर्वाचित सरकारलाई अपदस्त गरी नेतृ आङ साङ सूचीसहितका नेताहरुलाई नजरबन्दमा राखेपछि म्यानमारमा त्यसको विरोधमा चर्किएको प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।
म्यानमारमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु
सवालनेपालसंवाददाताआइतबार, ९ फागुन २०७७

म्यानमारमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



