गुल्मीमा केही दिन अघि घरमा मृत फेला परेका एक बृद्धको हत्याको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । फागुन ८ गते साझ जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ साबिक धोर्गा गाबिसको झमेरेपोखराका ८७ वर्षीय वृद्ध नन्दकुमार ज्ञवाली घरमा मृत फेला परेका थिए।प्रहरीले अनुसन्धानका क्रममा उनकी ४२ वर्षीया कान्छी बुहारी मनकला ज्ञवालीले हत्या गरेको आशंकामा पक्राउ गरि फागुन ९ गते अदालतमा म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी प्रमुख प्रविणलाल श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार मृतकको टाउकोमा चोट छ ।त्यस वडाका वडाध्यक्ष शेषनारायण पौडेलसँग बुझ्दा एउटै घरको दुई अलग– अलग कोठामा ससुरा–बुहारी बस्ने गर्दथे । उनै बुहारीले नै जेठाजुमार्फत् ससुरा मृत फेला परेको जानकारी दिएकी थिइन् ।
गुल्मीमा ससुराको हत्या आरोपमा बुहारी पक्राउ
सवालनेपालसंवाददातामंगलबार, ११ फागुन २०७७

गुल्मीमा ससुराको हत्या आरोपमा बुहारी पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



