काठमाडौं । मोरङको उर्लाबारीका युवा प्रवीन बास्तोलाको मृत्यु प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनाविरुद्ध मुद्दा परेको छ ।रहस्यमयी ढंगलले प्रवीनको मृत्यु भएको र प्रहरीले त्यसमा चासो नदेखाएको भन्दै परिवार तथा आफन्तहरुले आन्दोलन चर्काएपछि प्रहरीले ६ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता गरेको हो ।उक्त घटनाबारे अनुसन्धानलाई थप मिहीन ढंगले अघि बढाउनका लागि संलग्न रहेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

त्यस्तै उक्त प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरी अदालतमा समेत उपस्थित गरिसकेको छ ।उर्लाबारी नगरपालिका-५ निवासी बास्तोलाको पुस ५ गते साथीसँगै सुतेको अवस्थामा बिहानपख मृत भेटिएका थिए ।मृतकका परिवारले उनको मृत्यु नभइ हत्या भएको भन्दै प्रहरीले थप अनुसन्धान थालेको थियो ।मृतकका बहिनी सदीक्षा बास्तोलाले घटना गम्भीर भएको र यसमा प्रहरीको अनुसन्धान कमजोर भएको टिप्पणीसहित प्रतिवाद गरिरहेकी छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले घटनाबारे गहिरिएर अध्ययन गर्दा मृतकको मृत्यु स्वभाविक नभएर हत्या नै देखिएको प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काले गत बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए ।साथै खड्काले उक्त घटनामा संलग्नहरुलाई कुनैपनि हालतमा उम्किन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । भने पीडित परिवारले प्रहरीको अनुसन्धानमा देखाएको कमजोरी देखिएको आरोप लगाएका छन् । त्यसबारे पनि छानबिन भइरहेको प्रहरीको भनाइ छ ।अनुसन्धानको क्रममा प्रहरीले बनाएको फाइलमा मृतकको ठाउँमा अरुको तस्वीर परेको थियो ।सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन (मिसिल) बुझाउँदा मृतकको तीनवटा फोटो राखेको थियो जसमा एउटा फोटो भने अर्कै व्यक्तिको परेको थियो।