धनुषा । सवारी दुर्घटनामा परि जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य देवनारायण महतो गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढलकेवरका अनुसार महतो सवार रहेको बा ३८ प ६९८८ नम्बरको मोटरसाइकललाई ना ४ ख ८१६० नम्बरको तेल ट्याङ्करले ठक्कर दिएको हो ।

गौशाला नगरपालिका वडा ५ घर भएका ६० वर्षीय जसपा नेता महतोलाई धनुषाको ढल्केवरस्थित ट्राफिक प्रहरी कार्यालय अगाडी ठक्कर दिँदा गम्भीर घाइते भएका हुन् । घाइते महतोलाई टाउको तथा बायाँ खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ढल्केवरस्थित निजी स्वास्थ्य उपचार केन्द्रमा महतोको उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरधाम प्रादेशिक अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिए।

तेल ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् ।