Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
गृहपृष्ठराष्ट्रियअन्तर्राष्ट्रियअर्थखेलकुदमनोरञ्जनजीवनशैली
ब्रेकिङ
विभिन्न कार्यक्रमका साथ देशभर भव्य रूपमा गणतन्त्र दिवस मनाइँदै✦व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?✦सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?✦तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो✦पहिरोले घर पुरिँदा एक जनाको मृत्यु✦ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले✦कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने✦रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार✦बंगालको खाडीमा बन्दै शक्तिशाली मौसमी प्रणाली, आज राति आन्ध्र-ओडिशा तटमा पुग्ने✦

होमपेजधर्म सस्कृतिदेवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना मि बैतडीमा धार्मिक पर्यटनका सम्भावना

देवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना मि बैतडीमा धार्मिक पर्यटनका सम्भावना

सवालनेपाल
सवालनेपालसंवाददातामंगलबार, २५ फागुन २०७७
विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम मुख्य ब्यानर
देवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना मि बैतडीमा धार्मिक पर्यटनका सम्भावना
देवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना मि बैतडीमा धार्मिक पर्यटनका सम्भावना
विज्ञापन (ADVERTISEMENT)नमस्ते एप डाउनलोड गर्नुहोस्

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
बैतडी, २५ फागुन (रासस) ः सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रुपमा चिनिन्छ । यहाँ देवीदेवताका धेरै मठमन्दिर रहेका छन् । यो प्रदेश धार्मिक पर्यटनको सम्भावना बोकेको मुलुकको एक महत्वपूर्ण क्षेत्रका रुपमा पनि चिनिन्छ । सुदूरपश्चिम प्रदेशकै पहाडी जिल्ला बैतडीमा पनि धार्मिक पर्यटनका लागि कैयौँ सम्भावना रहेको छ । काठमाडौँपछि सबैभन्दा धेरै मन्दिर भएको जिल्लाका रूपमा बैतडी चिनिन्छ । बैतडी अमर शहीद दशरथ चन्दको जन्मथलो पनि हो । यहाँ धार्मिक तथा अध्यात्मिक पर्यटक भित्र्याउन सकिने थुप्रै शक्तिपीठ तथा मठमन्दिर रहेका छन् । सात बहिनी भगवतीमध्ये बैतडीमा चार बहिनी भगवतीको मन्दिर रहेको छ । दशरथचन्द नगरपालिकामा निङ्गलाशैनी र त्रिपुरासुन्दरी भगवती, पुर्चौडी नगरपालिकामा डिलाशैनी भगवती र मेलौली नगरपालिकामा मेलौली भगवतीको मन्दिर रहेको छ । यी भगवतीका मन्दिरमा बलिसहितको पुजाआजा हुने गरेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा दशैँको महाअष्टमीका दिन सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी पशुबलि चढाइन्छ । यहाँका भगवती मन्दिरमा भव्य जात्रासहित हुने पूजाआजामा सुदूरपश्चिमका साथै छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थी आउने गर्दछन् ।
यहाँका शक्तिपीठमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको निङ्गलाशैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “भाकल गरेर मनोकामना पूर्ण भएपछि धेरै दर्शनार्थी यहाँ पूजाआजाका लागि आउने गर्दछन् ।” यसका साथै यहाँ नेपालको सबैभन्दा गहिरो गुफा पत्ताल भुवनेश्वर, ईश्वरी गंगाधाम, उदयदेव मन्दिर, दोगडा धाम, ग्वाल्लेक धाम, देउलेककेदार, जगन्नाथ मन्दिर, रौलाकेदार राताशिला, भिटाकेदार, महारुद्र, शिवनाथलगायतका थुप्रै मठमन्दिर तथा पर्यटकीयस्थल रहेका छन् । महामारी कम भएपछि चहलपहल बढ्यो कोरोना भाइरसका कारणले सुस्ताएका यहाँका धार्मिक पर्यटकीय क्षेत्रमा अहिले चहलपहल बढ्दै गएको छ । कोरोना भाइरसको महामारीका बेला मेला जात्रासमेत बन्द हुँदा सुनसान रहेका यहाँका मठमन्दिरमा दर्शनार्थी तथा पर्यटकको चहलपहल बढ्न थालेको उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीले सुस्ताएको धार्मिक पर्यटन पनि अब बिस्तारै लयमा फर्किंदैछ ।” कोरोनाको महामारीले गर्दा देशको धेरै क्षेत्र मर्कामा परेको र त्यसमा पनि सबैभन्दा बढी पर्यटन क्षेत्रलाई मार परेकोले अब यहाँका सम्भावनाहरुको खोजी गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुपर्ने उहाँको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्:
बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्
« यो पनि पढ्नुहोस्

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
यो पनि पढ्नुहोस् »

आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै

प्रतिक्रियाहरू0

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

सम्बन्धित खबर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

बुधबार, २९ माघ २०८२
आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै

शनिबार, ३२ साउन २०८२
चुम्लुङ दमकले मनायो ताम्भुङ्चा थिम्बे

चुम्लुङ दमकले मनायो ताम्भुङ्चा थिम्बे

मंगलबार, १६ माघ २०८१
गायत्री मन्दिरलाई साझा धरोहर बनाइने

गायत्री मन्दिरलाई साझा धरोहर बनाइने

आइतबार, १४ माघ २०८१
आज बकर इद पर्व : देशभरका मस्जिदहरुमा मनाइदै

आज बकर इद पर्व : देशभरका मस्जिदहरुमा मनाइदै

सोमबार, ४ असार २०८१
आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

आइतबार, ९ वैशाख २०८१
विज्ञापन (ADVERTISEMENT)झापा एजुकेसनल कन्सल्टेन्सी - ५०% छुट
विज्ञापन (ADVERTISEMENT)Refer Now (९८०१५२३०५२)
विज्ञापन (ADVERTISEMENT)झापा एजुकेसनल कन्सल्टेन्सी
विज्ञापन (ADVERTISEMENT)सवाल नेपाल सूचना
विज्ञापन (ADVERTISEMENT)सम्पर्क विज्ञापन ५
विज्ञापन (ADVERTISEMENT)विशेष सन्देश ६
आजको प्रश्न लोड हुँदैछ...
ताजा समाचारसबै »
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?

सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?

शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो

तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो

शनिबार, १० असोज २०८३
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले

ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले

बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने

कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने

बिहीबार, ८ असोज २०८३
लोकप्रिय
धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि१

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि

शनिबार, ३ असोज २०८३
आउँदो बिहीबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा२

आउँदो बिहीबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा

शनिबार, ३ असोज २०८३
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा३

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

शुक्रबार, १ साउन २०८३
मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?४

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

बुधबार, ७ असोज २०८३
रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार५

रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार

बिहीबार, ८ असोज २०८३
Sawal Nepal
© 2026, All right reserved to Sawal NepalMade with By Nexaform