काठमाडौं सर्वोच्च अदालतले पार्टी एकीकरणलाई खारेज गरिदिएपछि ब्यूँतिएको सत्तारुढ नेकपा एमालेमा प्रष्ट दुई धार रहेको छ । जसमध्ये वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल समूहले आफ्नो समूहको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट भएका नेताहरु आज छलफलमा बस्दैछन् । झलनाथ-माधव समूहको छलफल बेलुकी बैठक बस्ने तय भएको छ । पार्टीको बैठकअघि नै आफ्नो समूहको बैठक बसेर ओलीसँग कसरी अगाडि जाने भन्ने विषयमा रणनीति तयार गरेर मात्रै पार्टीको बैठकमा उपस्थित हुनुपर्नेमा नेताहरुको जोड छ । अब एमालेभित्र ओलीसँग मिलेर जाने अथवा सशक्त प्रतिवादसहित अगाडि जाने भन्ने विषयमा रणनीति तयार गरेपछि मात्रै पार्टीको बैठकमा उपस्थित हुने एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए ।
एमालेमा माधव गुटको छुट्टै बैठक ४ बजे बानेश्वरको अर्याल होटलमा बस्दै
सवालनेपालसंवाददाताबुधबार, २६ फागुन २०७७

एमालेमा माधव गुटको छुट्टै बैठक ४ बजे बानेश्वरको अर्याल होटलमा बस्दै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



