पाकिस्तानको एक उच्च अदालतले अश्लील सामग्री राखिएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएको छ । पाकिस्तानको पेशावरको उच्च अदालतका मुख्य न्यायाधीश काइसर रासिद खानले बिहीबार टिकटकमाथिको मुद्दामा यस्तो आदेश दिएका हुन् । पाकिस्तानमा पछिल्लो ६ महिनामा टिकटकमाथि लागेको यो दोस्रो पटकको प्रतिवन्ध हो । टिकटकमा पोस्ट भएका केही भिडियोहरु ‘पाकिस्तानी समाजको लागि अस्वीकार्य’ रहेको भन्दै अदालतले प्रतिवन्ध लगाउन आदेश दिएको हो । अदालतले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटकले आफ्नो प्लेटफर्ममा त्यस किसिमका भिडियो नियन्त्रण गर्ने व्यवस्था नगरेसम्मका लागि यो सेवामा रोक लगाउन आदेश दिएको छ ।पाकिस्तानको दूरसञ्चार प्राधिकरण ९पीटीए०ले अदालतको आदेश पालना गर्ने बताएको छ । टिकटकले भने अदालतको आदेशलाई चुनौती दिँदै पुनरावलोकनको आवेदन दिने बताएको छ ।
टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतले दियो आदेश, कारण यस्तो छ
sawalnepalसंवाददाताशुक्रबार, २८ फागुन २०७७

टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतले दियो आदेश, कारण यस्तो छ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



