काठमाण्डौं।  नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ७ गते बोलाएको एमाले केन्द्रीय समितिको बैठकमा उपस्थित हुन खनाल–नेपाल समूहलाई आग्रह गर्नु भएको छ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज अखिल नेपाल महिला संघले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नु भएको हो । उहाँले केही समयदेखि एमालेका वरिष्ठ नेता माधवकुमार समूह बैठकमा अनुपस्थित भएको बताउँदै ७ गतेको बैठकमा आउन आग्रह गर्नुभयो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष ओलीले पार्टी बैठकमा नआए विधान अनुसार कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ। उता खनाल–नेपाल पक्षले भने छुट्टै कार्यकर्ता भेलाको तयारी गरेको छ ।