दमक जेसीजको बैठक सञ्चालन सम्बन्धी तालिम दमक,१ चैत । दमक जेसीजले शाखा पदाधिकारी तथा सदस्यहरुका लागि प्रभावकारी बैठक सञ्चालन सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । शनिवार स्थानीय थ्रीइन्क होटलको सभाहलमा आयोजना गरिएको उक्त तालिममा पदाधिकारी, सदस्य गरि २५ जनाको सहभागिता रहेको थियो । जेसीजले शाखा पदाधिकारी तथा सदस्यहरुलाई प्रभावकारी बैठक सञ्चालन सम्बन्धी आधारभूत विषयमा अभिमुखीकरण गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको अध्यक्ष सुयोग खरेलले जानकारी दिए । तालिममा दमक जेसीजका पूर्व अध्यक्ष गोविन्द राज कट्टेलको मुख्य प्रशिक्षकत्वमा सिनेटर घनश्याम कोईराला र पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीले सहजीकरण गरेका महासचिव निरोज आचार्यले वताएका छन् । तालिम जेसीजका तालिम निर्देशक सहदेव भट्टराईको संयोजकत्वमा भएको थियो ।