कञ्चनपुर– कञ्चनपुरमा व्रिक लेयर सम्बन्धि तिन महिने तालिम आजबाट सञ्चालन भएको छ। जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ९ मा एक कार्यक्रम विच तालिमको उद्घाटन गरिएको हो।वेदकोट नगरपालिका भित्रका २० जना युवाहरुको सहभागीता रहेको तालिममा युरोपियन यूनियनको आर्थिक सहयोग रहेको छ। त्यस्तै, तालिमको ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालद्वारा सञ्चालित बजारमा आधारित प्राविधिक तथा व्यावसायिक सीप परियोजनाले आयोजना गरेको हो।तालिकाका प्रमुख अतिथि वेदकोट नगरपालिका नगरपालिका वडा ९ का अध्यक्ष राम सिंह धामीले तालिमबाट स्थानीय क्षेत्रमा दक्ष जनशक्ति उपलब्ध हुने र रोजगारी पाउने बताए।