सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहरेनी राजपरिवार सदस्यसहित १६ जनाको टोली सोमबार नेपाल आइपुगेको छ।डिफेन्स फोर्सको सैन्य विशेष विमानमार्फत नेपाल आएको टोलीमा बहरेन राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासमेत छन्।उनीसहित टोलीमा बहरेन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहरेनी नागरिक र अन्य तीन जना बेलायती पनि छन्।यो टोलीले समुद्री सतहदेखि ८ हजार मिटर अग्लो मनास्लु र ६ हजार मिटर अग्लो लोबुचे हिमालको गत असोजमा आरोहण गरेर कात्तिक ६ गते बहरेन फर्किएको थियो।सगरमाथामा एकैपटक चढ्न पाइँदैन। त्यसका लागि ७ हजार मिटरमाथिको हिमाल पहिले चढेको हुनुपर्ने व्यवस्था छ। त्यहीअनुसार टोलीले असोजमा दुई हिमाल आरोहण गरेको थियो।अहिले सोही टोली ८० दिनसम्म नेपालमै रहने गरी आएको हो। यहीबीचमा उनीहरुले विश्वकै अग्लो शिखरमा आफ्नो पाइला राख्नेछन्।
सय जना नेपाली गाइडसहित सगरमाथा चढ्दै बहरेनी राजपरिवार सदस्यको टोली
सवालनेपालसंवाददातामंगलबार, २ चैत २०७७

सय जना नेपाली गाइडसहित सगरमाथा चढ्दै बहरेनी राजपरिवार सदस्यको टोली
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



