सत्तारुढ नेकपा एमालेको खनाल-नेपाल समूहले बोलाएको २ दिने राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु भएको छ । ललितपुरको सानेपास्थित एक होटलमा भेला सुरु भएको हो ।सत्तारुढ नेकपा एमालेको खनाल-नेपाल समूहले बोलाएको २ दिने राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु भएको छ । ललितपुरको सानेपास्थित एक होटलमा भेला सुरु भएको हो । भेलामा एमालेका पुराना नेताहरु पनि उपस्थित रहेका छन् । खनाल-नेपाल समूहमा खुलेका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति भेलामा रहेको छ ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै पार्टीमा पेलेर जाने नीति लिएको भन्दै त्यसको विरोधमा खनाल-नेपाल समूहले समानान्तर गतिविधि गर्दै आएको छ ।त्यसैको अभ्यास स्वरुप खनाल-नेपाल समूहले आज र भोलि राष्ट्रिय कार्यकर्ता भेला, चैत ६ गते महिला तथा पत्रकार भेला र ७ गते युवा भेला बोलाएको छ ।















